विराटनगरका सामुदायिक विद्यालयमा मेयर : नपढाउने शिक्षकलाई घरमै बस्न निर्देशन

विराटनगरका सामुदायिक विद्यालयमा मेयर : नपढाउने शिक्षकलाई घरमै बस्न निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने का मगर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् ।

तीनदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गरेको मेयरले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गरेका थिए । शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । मेयर कोइरालाले उक्त विद्यालयमा कक्षा कोठामा पुगेर विद्यार्थीलाई सोधेका थिए ।

जसमा विद्यार्थीले मेयर कोइरालासित शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको गुनासो समेत सुनेपछि कोइरालाले शिक्षकहरुलाई झपार्नु झपारेर फर्के ।

मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल राखेर नपढाउने हो भने घरमै बस्न निर्देशन दिए । उनले महानगरको मुटुमा भएर पनि विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने बताएका थिए । उनले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिए । शिक्षकहरुलाई पढाउन मन नभए घरमै बस्नसम्म भनेर फर्केका मेयर कोइरालाले दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

‘विद्यालयमा विद्यार्थी नियमित नआउँदा चिन्ता छैन, एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम अब चल्दैन ।’ भन्दै मेयर कोइरालाले भने राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको छ । मेयर कोइरालाले सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै शिक्षकहरुले लगनशिलता देखाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्