प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी विराटनगरमा तालिम शुरु

प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी विराटनगरमा तालिम शुरु

विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एंव समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ ।


विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एंव अन्तरक्रिया शुरु भएको हो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण हुदै आएको पुर्वेली थारु, राई वान्तवा तथा लिम्वु भाषाको समाचार तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा श्रोता समक्ष कार्यक्रमले पारेको प्रभाव तथा आगामि दिनमा सुधार गर्नुपर्ने बिषयमा रेडियो नेपालले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्नुहुदै विराटनगर महा नगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वसनिय र आधिकारीक माध्यमको रुपमा रहेको रेडियो नेपालले सवै भाषाभाषीको संरक्षण र सम्वर्धनमा जोड दिदै आएको बताउनुभयो ।
उहाँले नेपालमा प्रसारण संस्थाको रुपमा अग्रस्थानमा रहेको रेडियो नेपालको इतिहास विराटनगर बाटै शुरुवातभएको र हाल रेडियो नेपाल संग सहकार्यमा विभिन्नकामहरु गरिरहेकाले संधै साथ र सहयोगमा आफु तयार रहेको बताउनुभयो
।उहाँले सबै जातजाति र समुदायको भाषा र संस्कृतिलाई सम्मान गर्दै कोशीप्रदेश लाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा रेडियो नेपालले खेलेको भुमिका तथा तारिणी प्रसाद कोइराला र रेडियो नेपालको विगत र हाल सम्मको अवस्था देखाउने वृतचित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले रेडियो नेपालले भाषा,कला,संस्कृतिको क्षेत्रमा गरेका कार्यक्रमहरुले स्थानिय क्षेत्रमा परेको प्रभाव र सुधार गर्ने विषयमा जानकारीको लागि सहयोग पु¥याउने बताउनु भयो ।

 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय योजना अनुगमन तथा मुल्याङ्कन शाखा प्रमुख केशवराज सुवेदीले रेडियो नेपालले प्रसारण क्षेत्रमा पु¥याएको योगदानलाई सरकारले महत्वदिएको र रेडियोले आफलाई थप प्रतिस्पधि बनाउँदै जानुपर्ने उल्लेख गर्नुभयो ।
रेडियो नेपालका उप निर्देशक तथा तालिम प्रमुख जर्नादन विष्टले कार्यक्रमको महत्व माथि प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशि प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले रेडियो नेपालले भाषिक रुपमा समावेशितालाई तल्लो तहसम्म पुग्ने गरी कार्यक्रम प्रशारण गर्दै आएको बताउनुभयो ।
सो कार्यक्रम रेडियो नेपालप्रदेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिह ढाट क्षेत्रीको अध्यक्षतामाभएको थियो ।
तीनदिन सम्म चल्ने सो तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका रेडियो नेपाल सम्वाददाताहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्