श्रमिकको पारिश्रमिक न्युनतम २५ हजार बढाउन जेटियुसीसीको माग, नबढाए आन्दोलनमा जाने

श्रमिकको पारिश्रमिक न्युनतम २५ हजार बढाउन जेटियुसीसीको माग, नबढाए आन्दोलनमा जाने

विराटनगर । श्रमिकको पारिश्रमिक न्यूनतम मासिक तलव २५ हजार रुपैयाँ पु¥याउन जेटियुसीसी कोशी प्रदेशले माग गरेका छन् ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको हो ।


जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी श्रमिकको न्यूनतम तलब मासिक २५ हजार रुपैयाँ पु¥याउन दबाब दिदै आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् ।
जेटियुसीसी कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको बताए ।


हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ । श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।
उनले देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरुपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारलाई दवावपूर्णरुपमा आग्रह गरिएको बताए ।


श्रमिकहरुको पारिश्रीमक वृद्धी नगरे कोशी प्रदेशमा चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने उनीहरुले चेतवनी समेत दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार रायले सम्पूर्ण क्षेत्रको श्रमिकहरुको पारिश्रमिक अविलम्म वृद्धि गरिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्