विराटनगरमा विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’

विराटनगरमा विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।

नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत सरोजले छात्र तर्फ र विराटनगरस्थित आर्दश स्कुलमा अध्ययनरत अंशुले उपाजित जित्न सफल भएका हुन् ।


पाँच किलोमिटरको दुरी सरोजले १६ मिनेट २५ सेकेण्डमा पार गरेका थिए भने अंशुले १८ मिनेट ५० सेकेण्डमा पार गरेका थिए । यस्तै प्रतियोगिताको छात्रातर्फको द्धितीय धरान हिमालय मेघाका किरण लिम्बु, तृतीय सिद्धार्थ पब्लिक हाइस्कुलका प्रसान तामाङ्ग घोषित भए । छात्रतर्फको चौथो अमर यादवर पाँचौ नविन तामाङ्ग भए ।


यसैगरी छात्रातर्फको द्धितीय आर्दश स्कुलकी अमृता राजवंशी, तृतीय शुस्मीता बस्नेत, चौथो अंजली मुखिया र पाँचौ अन्जु खवास भइन् ।
प्रतियोगिताको छात्र र छात्रातर्फको प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीहरुले क्रमश ः १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँको साथै ट्रफि पाए ।

जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा एक सय ५० बढी विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको नेपाल खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्काले जानकारी दिए । विजेता हुने खेलाडीहरूलाई मदन भण्डारी फाउण्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पशुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, साना डंगोल, युवा व्यवसायी मनोज विक्रम शाहलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्