साउन महिनाको पूर्वसन्ध्यामा विराटनगरको बजारमा रौनक(फोटो फिचर)

<span class='c1'>साउन महिनाको पूर्वसन्ध्यामा विराटनगरको</span> <span class='c2'>बजारमा रौनक(फोटो फिचर)</span>

विराटनगर । साउन महिनाको पूर्वसन्ध्यामा यतिबेला विराटनगरको बजारमा चुरा, पोते र मेहेन्दी किन्नेको घुँइचो छ ।

विराटनगरको मुख्य बजार होस् या भित्री दोकानहरुमा महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पेलो पोते, मेहन्दी खरिद गर्न भ्याइ नभ्याइ छ ।

साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार दिने चलन पनि रहेको छ । त्यसैले पनि अन्य समयमा भन्दा साउन महिनामा यी सामानहरुको खरीद-बिक्री पनि बढेको व्यापारीहरु बताउँछन् ।

हातभरि रंग मिश्रित चुरा, विभिन्न आकारले भरीएको मेहेन्दी विवाहीत महिलाहरुको गलामा हरीयो पोते र साउन महिनाको अन्तर सम्बन्ध विशेष छ ।

यो महिनामा साना बालिकादेखि वृद्धसम्मको हातभरी हरीयो चुरा र मेहेन्दी देख्न सकिन्छ ।

विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वास पनि रहिआएको छ।

एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बनेको छ।

साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको रौनक यस्तो देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्