विराटनगर । विराटनगर महानगरपालिकाले भोली साउन १ गतेदेखि स्थानीय बजार प्रवद्र्धनका लागि सीमा क्षेत्रमा कडाई गर्ने भएको छ ।
महानगरले भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग सीमा पार बजारबाट मालवस्तु खरिद गरेर फर्कनेलाई अनिवार्य भन्सार असुल गर्नुपर्ने विषयमा छलफल समेत गरिसकेको छ ।
विराटनगरको बजार सुस्ताउँदै गएपछि अवैध रुपमा भित्रने मालवस्तु निरुत्साहित गर्न महानगरले यो कदम चालेको विराटनगर महानगरपालीका मेयर नागेश कोईरालाले बताउनभयो । विराटनगरको बजार चाही सुक्दै जाने अनि छिमेकी राष्ट्र भारतको जोगबनी बजार चाही फस्टाउदै जानुले यहाँका उद्योगी व्यावसायी तथा साना व्यापार व्यावसायीलाई पनि राम्रो होस भनेर यो अभियान चालेको काईरालाले बताउनुभयो ।
स्वदेशी व्यापार व्यवसाय विस्तारमा मद्दत पुग्ने गरि स्थानीय सरकारको पहलले उद्योगीहरुलाई केहि सकारात्मक सन्देश हुने उद्योगी व्यावसायीहरुको आशा पनि छ ।
अवैध तथा गैरकानुनी तबरबाट नेपाल प्रवेश गर्ने वस्तुले सरकारको राजश्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहललाई स्वागतयोग्य रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्दराज ढकालले बताउनुभयो । त्यती मात्र हैन भन्सार प्रमुख ढकालले विराटनगर महानगरले जस्तै अन्य सिमा जोडिएका स्थानिय सरकारहरुले पनि गर्न राजश्व संकलनमा राम्रो टेवा पुग्ने बताउनुभयो ।
सीमा परिबाट अवैध रुपमा वस्तु भित्र्याउने काम निस्तेज गर्न महानगरको यो कदप एक हिसावले राम्रै पनि हो तर यता दैनिकी खुलेआम सामान भित्राउनेहरुले भने विरोध पनि गर्दै आएका छन् । तर जे होस विराटनगरलको बजारलाई गुल्जार बनाउनु तपाई हाम्रो पनि ठुलो छ । जे होस भोलीबाट महानगरको यो कदमले कस्तो रिजल्ट देखाउने हो त्यो हेर्न भने बाकी ।
यसै सम्बन्धी सहकर्मी प्रेम देवानले तयार पार्नुभएको भिडियो रिर्पोट हेर्नुहोस् :