विराटनगरको मेरिल्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजलाई ‘मस्ट</span> <span class='c2'>कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’</span>

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजलाई एक विशेष कार्यक्रम बीच काठमाडौँमा केन्द्रविन्दु नामक संस्थाले ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’, २०८० बाट सम्मान गरेको छ ।

मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त अवार्ड प्रदान गरेको हो । उक्त संस्थाले विभिन्न योग्य आधारमार्फत प्रत्येक वर्ष नेपालका २० उत्कृष्ट कलेज छनौट गर्ने गरेको छ । उक्त पुरस्कार नेपाल सरकारका बहालवाला मुख्य सचीव वैकुण्ठ अर्यालले प्रदान गरेका थिए । कलेजको तर्फबाट उक्त पुरस्कार कलेजका उपाध्यक्ष तथा अर्थशास्त्री प्रा. डा. पि. के. झाले ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका मुख्य सचीव अर्यालले मेरिल्याण्ड जस्तो संस्थालाई पुरस्कार दिन पाउँदा अत्यन्तै खुशी लागेको बताए । त्यस्तै काठमाडौँ विश्वविद्यालयको भूतपूर्व उपकुलपति डा. सुरेशराज शर्माले मेरिल्याण्को विद्यार्थी किन्जल पोखरेल त्रि. वि. टप हुँदा २०६७ सालमा विराटनगरमा मेरिल्याण्डको प्रमुख अतिथी बनेर पुरस्कार दिँदाको स्मरण र आज १३ वर्षपछि पुनः मेरिल्याण्ड उत्कृष्ट कलेजबाट पुरस्कृत भएकोमा आफु खुशीले भएको बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्र कोइरालाले आफ्नो छोरी पनि मेरिल्याण्डमै पढेकाले मेरिल्याण्ड साँच्चीकै पूर्वकै गौरव भएको बताए ।

हालै काठमाडौँको केन्द्रविन्दु नामक संस्थाले प्रकाशित गरेको उत्कृष्ट २० कलेज अन्तर्गत मेरिल्याण्ड आठौँ स्थानमा परेको छ ।

मेरिल्याण्ड विगत १९ वर्षदेखि सधैँ टप टेनमा पर्दै आएको छ । गत वर्ष मेरील्याण्ड कलेजकी छात्रा दीया अग्रवालले व्यवस्थापनमा हालसम्म नेपालकै उतकृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । उक्त पुरस्कारले कलेजलाई अझ अघि बढ्ने हौसला मिलेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्