विराटनगर । विराटनगरमा रहेको ‘भाइरल हुड डान्स स्टुडियो’ले आयोजना गरेको ‘भिक्ट्री स्कुल डान्सिङ स्टार’को उपाधी अनिसा विकले हात पारेकी छिन् ।
विराटनगरमा रहेका विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएका प्रतियोगीहरुले फाईनलमा आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।
विराटनगरको दिल्ली पब्लीक स्कुलमा भएको फाईनल प्रतियोगतामा १७ जनाको प्रतिशपर्धाबाट युनिक एकेडेमीकी अनिसा विक विजेता , अरनिको स्कुलका आदर्शनाथ जोगी फष्टरनरअप त्यसैगरी किण्डर जोय स्कुलकी प्रजना क्षेत्री सेकेण्ड रनगरअप भए ।
विजेताहरुले क्रमस १५ हजार, १० हजार र ५ हजार नगद ट्रफि र प्रमाण पत्रले पुरस्कृत भएका थिए । भिक्ट्री स्कुल डान्सिङ स्टारको फाईनल प्रतियोगीताको निर्णक मण्डलहरुमा डान्सर निस्चल मगर र लक्ष्मी समाल मगर रहेका थिए ।
स्कुल स्तरीय भएको डान्स प्रतियोगितामा हिप–हपदेखि शास्त्रीय र नेपाली सांस्कृतिक झल्कीने नृत्यहरू प्रतियोगीहरुले प्रस्तुत गरेको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए ।
प्रतियोगिताका मुख्य प्रायोजकको रुपमा विराटनगरमा रहेको भिक्टोरी स्पाइसेस मसला प्याकेजिङ्ग रहेको भाइरल हुड डान्स स्टुडियोका निर्देशक विक्की घिमिरेले जानकारी दिए ।कार्यक्रममा आयोजक टिम ‘भाइरल हुड डान्स स्टुडियो, न्यु क्लियर डान्स स्टुडियो र अन्य स्थानिय कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुती दिएका थिए ।
त्यसैगरी कार्यक्रमको एजुकेशन पाटनरको रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको थियो भने त्यसैगरी मिडिया पाटनरको रुपमा आवर विराटनगर रहेको थियो ।