विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिवमा हिरा प्रधान र कोषाध्यक्षमा संगीता पाण्डे अधिकारी रहेकी छिन् । समितिको सदस्यहरुमा ममता पाण्डे, मधु श्रेष्ठ र निशा बज्रचार्य रहेकी छिन् ।
कार्यक्रमका प्रमुख अंतिथि सौन्दर्य कला ब्यवसायी संघ नेपालकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको उपस्थती रहेको थियो । सोही अवसरमा साउने मेहन्दी लगाउने निःशुल्क कार्यक्रम पनि आयोजना गरिएको थियो ।