मोरङ : नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजना पुर्पक्षका लागि जेल चलान

<span class='c1'>मोरङ : नक्कली बाबु बनेर नागरिकताको सिफारिस</span> <span class='c2'>गर्ने दुईजना पुर्पक्षका लागि जेल चलान</span>

विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजनालाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लािग कारागार चलान गर्ने आदेश दिएको छ ।

ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ का सूर्यबहादुर फयाक लिम्बू लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

उनीहरु दुवैजनालाई २०७८ माघ २४ गते पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सो किर्ते धन्दामा सूर्यहाङलाई सूर्यबहादुरले सहयोग गरेका थिए ।

झुठो विवरण पेश गरेको थाहा पाएपछि पक्राउ परेका उनीहरुले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुठो नागरिकता बनाएको खुलेको थियो।

अदालतको आदेशले उनीहरु पूर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्