सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

बिहिबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ ।

योसँगै बिहीबार सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । यसअघि गत जेठ १८ गते प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँको उच्च मूल्य रेकर्ड भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको जनाएको छ ।

यसैगरी, नेपाली बजार तीन दिनदेखि निरन्तर चाँदीको मूल्य वृद्धि भइरहेको छ । मंगलबार प्रतितोला एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोलामा पाँच रुपैयाँले बढेर एक हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्