ओबी समाचार प्रभाव : विराटनगरको असुरक्षित गल्लीमा विद्युत जडान, प्रहरीको विशेष निगरानी

ओबी समाचार प्रभाव : विराटनगरको असुरक्षित गल्लीमा विद्युत जडान, प्रहरीको विशेष निगरानी

विराटनगर । विराटनगर बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्गदेखि पूर्व लागेर भूमि प्रशासन चौक निस्कने सडकमा किशोरीहरुमाथि दुर्व्यवहार हुने गरेको विषय सार्वजनिक भएपछि स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालय र बाँकी सरोकारवाला निकायले चासो देखाएका छन् । लाइफ–लाइन चाइल्ड क्लिनिक हुँदै निलसदन–भूमिप्रशासन चौकसम्म निस्कने छोटो बाटोमा विराटनगर महानगरपालिकाले सडक बक्ति जडान गरेको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले उक्त सडकमा प्लसटु अध्ययन गर्ने छात्राहरुमाथि हुने गरेको दुव्र्यवहारको विषयलाई गम्भीर रुपमा लिएको छ । पीडित भएका छात्राहरुसँग जिल्ला प्रहरी कार्यालय मोरङले त्यहाँ हुने गरेको गतिविधि र संदिग्धको पहिचानका लागि हुलिया बारे सोधपुछ गरेको हो ।
उक्त सडक झाडी, फोहोरसँगै डरमर्दो अवस्थामा रहेको विषय आवर विराटनगर डट नेटमा समाचार प्रकाशन गरिएको थियो ।

पीडितको आग्रहमा समाचार प्रकाशन भएपछि त्यसको विषयमा व्यापाक चासो बढेको छ । अप्रिय घटना हुन नदिन सचेतनासँगै निगरानी बढाइएको प्रहरीले जानकारी दिइएको छ । बाटोमा विद्यार्थी छात्राहरु असुरक्षित भएको समाचारले विराटनगर महानगरपालिकाका नगर प्रमुख र उपप्रमुखले चासो व्यक्त गर्दै विद्युत जडान गरिएको नगर प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिएका छन् । यता, जिल्ला प्रहरी कार्यालय मोरङले घटना हुनसक्ने सम्भावित सडकको रुपमा राखेर विशेष निगरानी सुरु गरेको छ ।

यता उक्त सडक हुँदै प्लसटु अध्ययनका लागि आउजाउ गर्ने छात्राहरु आवर विराटनगरको अफिसमा आएर पहल कदमी लिइको प्रति आभार व्यक्त गरेका छन् । उनीहरुले प्रहरीमा समेत यस विषयमा लिखित तथा मौखिक जानकारी गराएर सडकमा हु नसक्ने सम्भावित जोखिम न्यूनीकरणकाल लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्