विराटनगरमा मिटरब्याजीको चक्रब्यूँह : ऋणको भारमा, चेकको फन्को

विराटनगरमा मिटरब्याजीको चक्रब्यूँह : ऋणको भारमा, चेकको फन्को

विराटनगर । कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनार विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पताल अगाडी चिया–नास्ताको पसल चलाउँथे । उनले त्यहि पसलमा भात पकाउँथे, अस्पतालमा आउने सेवाग्राहीदेखि चिकित्सक र अन्य स्वास्थ्यकर्मीसम्मले स्वाद लिएर खान्थे । काम चलिरहेको थियो, भात खान आउनेमध्ये आर.के.मा काम गर्ने डा.नितेश तिवारीसँग अझै घनिष्ट सम्बन्ध बढ्दै गयो ।

बिनितले डाक्टर तिवारीसँग डेढ वर्ष अगाडी सात लाख रुपिँया ऋण लिए । होटल विस्तार गर्ने र सकभर किराना पसल चलाउने भन्दै मागेको ऋणले अहिले नराम्रोसँग किचिएको गुनासो गरेका छन् । बिनितकी श्रीमती रिता सोनारले जिल्ला प्रशासन कार्यालयउ मोरङमा अनुचित लेनदेनमा फसाएको भन्दै असारमा उजुरी दिएकी छिन् । त्यसमा सात लाखको दैनिक सात हजार ब्याज बुझाउने शर्तनामा गराएको उल्लेख छ ।

कागजमा झुक्याएर सहि छाप गर्न लगाएका डाक्टरले ऋण दिएपछि बिनित र उनका सबै परिवारका सदस्यको बैंकमा खाताको खाली चेक हस्ताक्षर गराएर लिएका थिए । जसको भार अहिले बिनित र उनका परिवारलाई परेको छ । चेकमा डाक्टर आफैंले लेखेका थिए । तर, हस्ताक्षर सम्बन्धितलाई गराएका छन् । बिनितको नाममा भएको मुक्तिनाथ विकास बैंक, मेघा बैंक, बहिनी दिव्याकुमार साहको नाममा रहेको मेघा बैंकको चेक, यसैगरी भाई अजितकुमार सोनारको नबिल बैंक र ग्लोबल आईएमई बैंकको चेक, यसैगरी कृष्ण यादवको समेत नबिल बैंकको एकथान खाली चेक हस्ताक्षर गराएर लिइएको उजुरीमा उल्लेख छ । ढेड वर्षमा सात लाख रुपिँया ऋण लगानी गरेर १५ लाख रुपिँया असुलका डाक्टर तिवारीले अझै १२ लाख बुझाउनु पर्ने भन्दै बारम्बार टर्चर दिने गरेका छन् । जसका कारण बिनित सोनार भने अहिले बिक्षिप्त भएका छन् । उनलाई जुनसुकै बेला मार्नसक्ने धम्की दिएका कारण भागेर भारत पसेका छन् । यद्यपी, सरकारले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन ल्याएपछि उनी अहिले फर्केका छन् । तर, ऋणदाताले भेटेको अवस्थामा आफ्नो ज्यानको खतरा रहेको उनको गुनासो छ ।

यता खाली चेकमा साइन गराएर लगेका डाक्टर तिवारीले महिना पिच्छे नै एकएक जनाको चेक अनादर गराउँदै आएका छन् । चेक अनादर गराएर मुद्दा चलाउने र त्यसका आडमा सोनार परिवारको घर पास गरिदिनु पर्ने माग डाक्टरले गर्दै आएका छन् । एउटा सामान्य परिवारलाई ऋण लगानी गरेर उस्किनै नदिएपछि घरजग्गा आफ्नो नाममा पार्ने दाउमा रहेको तिवारीले दाजुभाईले १५ लाख रुपैँया ऋण लगेर अहिलेसम्म नबुझाएको आरोप लगाएका छन् । अहिले डाक्टरले विभिन्न व्यक्तिको पहुँच प्रयोग गरेर जिल्ला प्रशासनमा परेको मुद्दालाई ढिसमिस बनाउने खेल समेत सुरु गरेको आरोप । चेक अनादरमा सोनार परिवारका सबै सदस्यलाई थुनाएर जग्गा आफ्नो नाममा पार्ने दाउ कसिरहेको डाक्टर तिवारी भने आफूले राम्रो कारोबार गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्