एसईइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

<span class='c1'>एसईइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ</span> <span class='c2'>र सुनसरीका पाँच स्कुल विजयी</span>

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् ।

विराटनगर-१ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको पोखरीया मावि, दिल्ली पब्लिक स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सुनसरीको स्काइ बोर्डिङ स्कुल र दुहबीको माउण्ट मनासुल स्कुल विजयी भएका हुन् ।

पहिलो खेलमा पोखरीया स्कुलले सुनसरीको खनार मोडल एकेडमीलाई ४-० गोलले पराजित गर्‍यो । जितको लागि पोखरीयाको तर्फबाट निशान्त राय, अभिषेक कामत, लवन रिजाल र युनिस चौधरीले समान १-१ गोल गरे । खेलको म्यानअफ द म्याच पोखरीयाका निशान्त राय घोषित भए ।

दोस्रो खेलमा प्रजातन्त्र माविले लालिगुँरास एकेडमी स्कुललाई ४-० गोलले निराश बनायो । प्रजातन्त्र माविको तर्फ धिरज उराव, ओम राजबंसी, रोसन सरदार ‘ए’ र रोसन सरदार ‘बी’ ले समान १-१ गोल गरे । म्यान अफ द म्याच रोशन सरदार घोषित भए ।

तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले विराटनगरको देवकोटा पब्लिक स्कुललाई ६-० गोलले हरायो । डिपिएसका अभिषेक साहले ह्याट्रिक पुरा गर्दै ४ गोल गरे भने जिनिल बिष्ट र निरजान खड्काले समान १ - १ गोल गरे । म्यान अफ द म्याच अभिषेक साह भए ।

चौथो खेलमा स्काइ स्कुलले विराटनगरको अपणर् स्कुललाई ३-१ गोलले पराजित गर्‍यो । जितको लागि स्काइ स्कुलको तर्फबाट दिपेन कार्कीले २ र बिबेक राईले एक गोल गरी टिमको जित बनाए । अपणर्को तर्फबाट सान्तवना गोल सुयोग अर्यालले फर्काए । म्यान अफ दि म्याच अपणर्का अभिषेक मगर घोषित भए ।

पाँचौ खेलमा माउण्ट मनासलु स्कुलले नरग्राम माविलाई २-० गोल निराश बनायो । जितको लागि सरोज चौधरी र अभय चौधरीले गोल गरे । खेलको म्यान अफ द म्याच नरग्रामका सुप्रिम खड्का घोषित भए ।
शुक्रबार पनि पाँच वटा खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । साउन १३ गतेसम्म हुने उक्त प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्