विराटनगर । साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ ।
सुधार गृहका सञ्चालक लाई भेटन् पुगेका विराटनगर ११ का करिब ३५ वर्षीय थापाको बिहिबार राती मृत्यु भएको नेपाली काँग्रेसका महानगर कमिटी सभापति दिपक चापागाईले जानकारी दिए । उनका अनुसार थापा नेपाली काँग्रेस महानगर कमिटीका सदस्य समेत हुन् ।
विराटनगरस्थित नवज्योति सुधार गृहका सञ्चाल सुशील रिजाललाई भेट्न पुगेका थापा बेहोस अवस्थामा भेटिएको र तत्कालै उपचारका लागि लाइफा गार्ड अस्पताल पु¥याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । रिजाल र थापा चिनजानको साथी हुन् ।
दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा नै बेहोस भएको जानकारी दिँदै उनले बिहिबार अत्याधिक गर्मी भएकाले आराम गरिरहेको समयमा उठाउन जाँदा शरिर चिसो भएको र अस्पताल लग्दा लग्दै थापाको मृत्यु भएको जानकारी दिए ।
यता, उनको मृत्युको कारण खुलि नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले बताए । घटनास्थलमा प्रहरी निरिक्षको टोलीले अनुसन्धान गरिरहेको बताउदै उनले भने,‘उहाँको मृत्युको कारण खुलिसकेको छैन अहिले हाम्रो प्रहरी निरिक्षको टोली घटनाको अनुसन्धानका लागि घटनास्थलमा पुग्नुभएको छ अनुसन्धान भइरहको छ ।’