विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजमा भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई अभिमुखीकरण</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजमा यसै बर्ष कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ ।

कलेजले विराटनगरमा शुक्रबार बिहान एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो ।

‘नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउनुको साथै कलेजको नियम र कसरी पढ्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ, यस विषयमा पनि जानकारी गराएको छ,’ कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए।

२०८० सालमा भर्ना भएका विद्यार्थीहरुको लागि अभिमुखीकरण गराउन काठमाडौंका उत्प्रेरक डा. मिलन गैरेलाई निम्ताइएको थियो ।
गैरेले विद्यार्थीलाई पठनपाठन गर्ने कला र उत्प्रेरणा जोगाउने विषयको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई थप मनोरञ्जन समेत प्रदान गरेका थिए ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका भएर गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीपमा विद्यार्थी अध्ययन गर्न लालहित हुने गरेका छन् ।

शिक्षादीप कलेजले काठमाडौं उपत्यका बाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरिसकेको छ । साथै यस कलेजको भौतिक पूर्वाधार, अनुशासन, पठनपाठन, कक्षा ११ र १२ को नतिजा, चिकित्सा शिक्षा र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरुको संख्या तथा विगत पाँच वर्षदेखिको विद्यार्थी भर्नादर र कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइ भएको आदिका आधारमा शिक्षादीपलाई उत्कृष्ट कलेजको रुपमा छनौटमा पनि पर्दै आए कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्