विराटनगरबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेको ७ लाख ७९</span> <span class='c2'>हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ</span>

विराटनगर । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट रानीले विराटनगर रानी क्षेत्रबाट स्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहारका ८१ बर्सिया राम नरेश सिंह र सवारी चालक ३३ बर्सिया रितेस जसवान रहेको छन् ।

उनीहरू भारतबाट नेपाल प्रवेश गरिरहेको अवस्थामा बी आर ०१ पीजी २११५ नम्बरको स्कारपीयो गाडी चेकजाँच गर्दा स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन् ।

पक्राउ व्यक्ति र भारतीय रुपैयाँ, गाडीको सम्बन्धमा थप अनुसन्धान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्