६१ औँ ईन्जिनियरिङ्ग डे मा विविध कार्यक्रम गरी मनाईयो

<span class='c1'>६१ औँ ईन्जिनियरिङ्ग डे मा</span> <span class='c2'>विविध कार्यक्रम गरी मनाईयो</span>

विराटनगर । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले ६१ औँ ईन्जिनियरिङ्ग डे विविध कार्यक्रम गरी मनाएको छ ।


एसोसिएसनले सामाजिक कार्यक्रमदेखी खेलकुदका कार्यक्रम सम्म गरेको छ । नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेशले फुटसल अन्तर्गत विभिन्न जिल्ला र शहरका ईन्जिनियरका टिमहरुसंग फुटसल प्रतियोगिता गरेको कार्यक्रम संयोजक उमेश सुब्बाले जानकारी दिए ।


त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत पुर्वाअञ्चल बालआश्रममा खाद्यन्न सामाग्री वितरण गरीएको ६१ औँ ईन्जिनियङ डे का कार्यक्रम संयोजक ईन्जिनियर अभिनास ठाकुरले जानकारी दिनुभयो । त्यसैगरी इष्र्टन कलेज अफ ईन्जिनियरिङ्गमा रक्तदान समेत गरेका थियो ।

उक्त रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको थियो । ६१ औँ ईन्जिनियङ डे मा ईन्जिनियरहरुलाई एक दिने धितो मुल्याङ्गकन सम्बन्धी प्रशिक्षण समेत दिएको थियो । प्रशिक्षण कार्यक्रमलाई ईन्जिनियर आमोद आचर्यले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमको संयोजक ईन्जिनियर सुवास कुमार कर्ण थिए ।


सामापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मन्त्री प्रदिप सुनवार रहेका थिए भने कार्यक्रमको सभापति ईन्जिनियर जयनाथ यादव रहेको थिए । कार्यक्रमलाई ईन्जिनियर महेश धितालले संचालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्