विराटनगरका पत्रकार न्यौपाने र साहित्यकार रेग्मी पुरस्कृत

<span class='c1'>विराटनगरका पत्रकार न्यौपाने र</span> <span class='c2'>साहित्यकार रेग्मी पुरस्कृत</span>

विराटनगर । दधिराज सुवेदी पुरस्कारबाट वरिष्ठ साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपाने पुरस्कृत भएका छन् ।

 रेग्मीलाइ साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएबापत दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शुक्रबार पुरस्कृत गरेको हो ।

संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले दुवैजनालाई पुरस्कृत गरेका हुन् ।‌ साहित्य पुरस्कार ५१ हजार र पत्रकारिता पुरस्कार २५ हजार राशिको हो । 

आर्थिक बिटमा पत्रकारिता गर्ने न्यौपाने विराटनगरका अग्रज पत्रकार हुन्। रेग्मी नेपालगञ्जका साहित्यकार हुन् ।

विराटनगरका प्राज्ञ दधिराज सुवेदीको जीवनकालमै उनका छोराले स्थापना गरेको प्रतिष्ठानले सात वर्षदेखि साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्