रवि लामिछानेको आज विराटनगरमा पत्रकार भेटघाट

रवि लामिछानेको आज विराटनगरमा पत्रकार भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहान विराटनगरमा पत्रकार भेटघाट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विराटनगर ११ को वडा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटभाटमा उनले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यस विषयमा थप टिप्पणी गर्न नहुने पनि बताए ।

यस्तै उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए । साथै उनले सामाजिक संजाल टिकटक लगायतमा छोटो भिडियो हेरेर धारणा नबनाउन पनि पत्रकारहरुलाई आग्रह गरेका थिए ।

साथै जनतालाई वाचा गरिएका विकास निर्माण तथा विदेशबाट नेपाली फर्काउने कुरा पनि चाडै सुरु हुने पनि बताएका थिए । कार्यक्रममा पार्टीका महामन्त्री डा. मुकुल ढकाल, कोशी प्रदेश सभापति राजेश तिमल्सिना, नेताहरु यादव प्रधान, क्षतिज गौतम लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्