कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा

<span class='c1'>कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार</span> <span class='c2'>कायम रहन्छ : मुख्यमन्त्री थापा</span>

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो ।

वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उहाँको भनाइ छ । कांग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउनुहुँदै उहाँले वर्तमान सरकार जनताको हितमा काम गर्नेमा प्रतिबद्ध व्यक्त गर्नुभयो ।

वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको भन्दै उहाँले अदालतको आदेशले सरकारलाई काम गर्ने रोक नलगाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्