विराटनगरमा २१ वर्षीय महिलाको रहस्यमय मृत्यु

<span class='c1'>विराटनगरमा २१ वर्षीय</span> <span class='c2'>महिलाको रहस्यमय मृत्यु</span>

विराटनगर । विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ ।

माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।
सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ । शनिबार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको छ । झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको दाजु मुकेस कुमार रायले बताए ।

सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने मृतकको ठुलोममी मन्जुदेवी रायले बताइन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । मृतकको पोस्मार्टको लागी कोशी अस्पतालमा लगिएको छ ।
यता मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको अनुसन्धान सुरु गरेको बताए ।

पोष्टमार्टम रिपोटपछि थप विषय खुल्ने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्