विराटनगरका समर्पण कार्की बने मिस्टर नेपाल

<span class='c1'>विराटनगरका समर्पण कार्की</span> <span class='c2'>बने मिस्टर नेपाल</span>

विराटनगर । मिस्टर नेपाल-२०२३ को उपाधि विराटनगरका समर्पण कार्कीले जितेका छन् ।

शनिबार अवेर सम्पन्न फिनालेमा मोरङ विराटनगरका ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । उनी पेशाले पाइलट हुन् ।

साथै काठमाडौँका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका डा. विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

उक्त अवसरमा १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल समेत जिते ।

फिनालेमा निर्णायकको भूमिकामा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्