भन्सार दरले बढाउँछ विराटनगरमा सामाग्रीको मूल्य, रानीनाकामा छामछुम

<span class='c1'>भन्सार दरले बढाउँछ विराटनगरमा</span> <span class='c2'>सामाग्रीको मूल्य, रानीनाकामा छामछुम</span>

विराटनगर । उद्योगले उत्पादन गरेका वस्तुको खपत घट्दै गएपछि विराटनगरका उद्योगीले व्यापार मन्दी बारे समिक्षा गरे । विराटनगरको बजार सुस्ताएको मात्रै नभई अवैध रुपमा आयात भएको वस्तुले बजार किचेको निकष्र्ष निकाले । अन्य बहुआयमिक कारण पनि थिए तर सीमापार नजिकैको बजार सीमावार विराटनगरका लागि दुखाई भईरहेको थियो बारबार, त्यसलाई नियन्त्रण गर्नुपर्ने जुक्ति जरुरी रहेको सम्झे ।
यसलाई संस्थागत रुपमा पहल लिने निकाय चाहिएपछि स्थानीय सरकारसँग समन्वयको पहल लिन भनियो ।

यहि बेला विराटनगर महानगरपालिकाले अवैध रुपमा आयात हुने सुर्तीजन्य वस्तुमध्ये जर्दा र रजनीगन्धाको प्रयोग निषेध गर्ने अभियान चलाउँने निर्णय गरेको थियो । साउन १ गतेदेखि यो अभियान सञ्चालन गर्ने घोषणा गरेको महानगरपालिकाले सुर्तीजन्य वस्तुको विक्री वितरण रोक्न सहयोगका लागि उद्योगीसँग आग्रह गर्दै पुग्यो । उद्योगीहरुले पनि सीमा क्षेत्रबाट अवैध रुपमा भित्रने रजनीगन्धा र जर्दासँगै सबै किसिमका वस्तुमा भन्सार अनिवार्य गराउन पहल लिन मेयर कोइरालालाई आग्रह गरे ।

यहि पेरीफेरीबाट सुरु भएको रानी भन्सारको कडाई केहिदिन अझै टिक्ने देखिएको छ । आइतबार भारतीय बजार जोगबनीबाट सामान लिएर फर्कनेहरुलाई सशस्त्र प्रहरीले आफ्नो बलले भ्याएसम्म भन्सार काउन्टर पठाएका थिए । कतिले भन्सार काटे त कतिले भन्सार कटाउन आवश्यक पर्ने कागजात पु¥याउन सकेनन् । कतिपयले भने सुटुक्क पारेर निकाल्ने प्रयास समेत गरे ।

तर, रानी नाकाको कडाईसँगै विराटनगर बजारलाई कसरी गुल्जार बनाउने भन्ने योजना बारे भने अहिलेसम्म उद्योगी र व्यापारीसँग छैन । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले राज्यले तय गर्नुपर्ने कुरा निजी क्षेत्रले गर्ननसक्ने बताएका छन् । उनले अवैध रुपमा भित्रिरहेको रजनीगन्धा अहिले पनि बजारका प्रत्येक पसलमा पुग्ने गरेको जानकारी दिए । उनले भने भन्सारका मूल्य नाका रानी मात्रै नभई साइडबाट हुने तस्करी नियन्त्रण हुन आवश्यक रहेको बताए । सुरानाले सीमापार नजिकैकको बजार र सीमावारको बजारमा एउटै वस्तुको मूल्यमा फराकिलो अन्तर हुँदा उपभोक्ता आकर्षिक भएको बताए । तर, यसलाई नरोक्ने हो भने राज्यको ठूलो धनरानी अनौपचारिक रुपमा विदेशीन पुगेको उनको चिन्ता छ ।

जोगबनीमा प्रतिकिलो ६५ रुपैयाँ पर्ने चिनी विराटनगरमा ८५ रुपैयाँ, १७० रुपैयाँ लिटर पर्ने खाने तेल २९०, ९ सय रुपैयाँ पर्ने प्रतिकिलो जिरा १३ सय, प्रतिकिलो १ सय ८० पर्ने अनार ३६० देखि ४ सय रुपैयाँ, ५ सय रुपैयाँको सुतीको कुर्ता–सुरुवाल र साडी १ हजार ५ सयसम्ममा बिक्री हुने गरेको छ । जुत्ता–चप्पलमा दोब्बर मूल्य अन्तर छ भने चालममा प्रतिबोरा ३÷४ सय रुपैँया फरक छ ।
उपभोग्य वस्तुको भन्सार दरमा परिवर्तन गरेर वैधानिक बाटोबाट आयात गर्ने हो भने बजारमा वस्तुको मूल्य घट्नेछ । तर, सरकारले लगाएको भन्सार दरले औपचारिक वा वैधानिक बाटोबाट प्रवेश गरेको सामान लागत बढ्ने हुँदा जोगबनी र विराटनगरमा यसको अन्तर धेरै हुने गरेको छ । जसको फाइदा उपभोक्ता लिन चाहन्छन् ।

विराटनगर भन्सार कार्यालय र स्थानीय प्रशासनले सीमावर्ती भारतीय बजार जोगबनीबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान किनेर ल्याउनेलाई साउन १ देखि भन्सार तिर्न लगाउँदै आएको छ । खाद्यान्नको भन्सार नकाटिँदा सर्वसाधारणले फिर्ता गर्नुपर्ने स्थिति छ ।
भन्सार कर्मचारीले खाद्यान्न सामग्रीको भन्सार काट्न जीएसटी बिल र क्वारेन्टाइन जाँच माग्दै आएका छन् । कडाई गरिएको रानी नाका सुनसान जस्तै बन्दै गएको छ । तर, त्यसको असर भने खुल्ला सीमा क्षेत्र भएको जिल्लाका अन्य नाकाबाट तमाम् तस्करी सुरु भएको बताइन्छ । सहायक नाकाबाट सामान भित्रन्छ भने रानी नाकामा गरिने कडाई कुनै कामको नहुने उद्योगीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्