झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ । झापा गाउँपालिका– १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार अन्दाजी १२ बजेको समयमा नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको हो । खेल्नेक्रममा पानीमा डुबेर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटी पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिर्तामोड नगरपालिका– ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुवा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ । दश दिनअघि आमाले नाबालकलाई बुवाको जिम्मा लगाएर सम्पर्कविहीन भएको स्थानीयवासीले बताए ।

आमा सम्पर्कविहीन भएपछि बुवासँगै बस्दै आएका नाबालकको आइतबार राति निधन भएको प्रहरीले जनाएको । प्रहरी टोली घटनास्थलमा पुग्दा नाबालकको घाटीमा धेरै कमिला देखिएको बताइएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले पोस्टमार्टमका लागि नाबालकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्