विराटनगरमा युवा सम्मेलनको तयारी सुरु भएको छ । आगामी अगस्त १२ मा अन्तरास्ट्रिय युवा दिवसको दिन विराटनगरमा युवा सम्मेलन हुन लागेको हो । मातृभूमि फाउन्डेसन नेपालको आयोजनामा नेपाल र भारतका बिभिन्न पेशाका युवाहरुको सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा भारतबाट बिभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रमका संयोजक चांद बाबु इराकीले जानकारी दिए । कार्यक्रममा विराटनगरलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका बिभिन्न क्षेत्रका युवाहरुलाई सम्मान समेत गरिने उनले बताए ।
कार्यक्रमबारे थप जानकारी केहि दिनमा सार्वजनिक गरिने इराकीले बताए ।