विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न

<span class='c1'>विराटनगरमा प्रस्ताव लेखन</span> <span class='c2'>कार्यशाला सम्पन्न</span>

विराटनगर । विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ।

शुक्रबार लियो क्लव अफ विराटनगर यूनाइटेडको आयोजनामा उद्योग संगठन मोरङ, अमेरिकन कर्नर विराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडसँगको सहकार्यमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा सामाजिक गतिविधीमा आवद्ध विद्यार्थी, युवा समुह, गैरसरकारी संघसंस्था र अन्य सामाजिक कार्यमा सम्वद्ध संस्थाहरुको वित्तीय स्रोतको समस्यालाई समाधान गर्न परियोजना प्रस्ताव तयार गर्ने शीप प्रदान गरिएको आयोजकले जनाइएको छ ।

कार्यशालामा ५६ जना सहभागीहरुलाई उद्योग संगठन मोरङको कार्यकारी निर्देशक चुडामणी भट्टराई, लायन्स क्लब अफ विराटनगर यूनाइटेडकी अध्यक्ष टिका सिवाकोटी, सहजकर्ताहरु डा.मोहन सुवेदी र डा.उद्धव पोखरेलले सहजीकरण गरेको लियो क्लव अफ विराटनगर यूनाइटेडका अध्यक्ष सन्तोष साहले जानकारी दिए ।

सहभागीहरुलाई विभिन्न क्षेत्रका लागि राम्रो प्रस्तावहरु तयार पार्न कार्यशाला महत्वपूर्ण बनेको लियो मदन साहले बताए ।

कार्यक्रममा सहभागीहरुलाई वास्तविक जीवनका उदाहरणहरुसँग परिचय गराई विभिन्न परियोजनाहरुको लागि प्रभावकारी र सश्क्त प्रस्तावहरु बनाउनको लागि सहजकर्ताद्वारा अनुभव साँझा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्