अपराधका तीन घटना : सुरक्षा चुनौतीको संकेत

<span class='c1'>अपराधका तीन घटना :</span> <span class='c2'>सुरक्षा चुनौतीको संकेत</span>

सुजता लिम्बु
घटना १ :
कोशी प्रदेशको राजधानी विराटनगर जहाँ हरेक मुख्य चौक वा सडकमा सिसी क्यामेरा जडान गरिएको छ । जसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रुमले गर्छ । सोही सिसी क्यामेराको फुटेजमा एउटा अपराधको दृष्य कैद हुनपुग्यो । जसमा आफ्नै रफ्तारमा साइकल सवार एकजना पुरुषलाई मुक्का हानेर सडकमा ढालिएको दृष्य देख्न सकिन्थ्यो । असार १९ गतेको घटना रातको समय विराटनगर ४ स्थित दुधफारम अगाडि भएको हो । साइकल यात्रु विराटनगर ६ मा बस्ने पवन साह रहेको र कुटपिट गर्ने विराटनगर ३ ढा्टका १९ वर्षीय आयुष भेटवाल रहेको प्रहरीले जनाएको छ । साइकल यात्रुलाई घटनास्थलबाट प्रहरी र स्थानियले उपचारका लािग कोशी अस्पताल पु¥याइएको थियो भने घटना संलग्न भेटवालाई घटना घटेको १० घण्टामा प्रहरीले नियन्त्रणमा लिइएको थियो । भेटवालाइ ज्यान मार्ने उद्योगमा अनुसन्धान भईरहेको । बाँकी दुईजना भने फरार रहेका छन् ।

घटना :२
साउन ५ गते शुक्रबार साथीहरुसँग घुम्न निस्किएका विराटनगर–५ का रोहित चौधरीको गोली हानेर हत्या भयो । शुक्रबार रोहितको २८ औँ जन्मदिन थियो । बिहान मन्दिर पुगेर परिवारका सदस्यलाई मिठाई बाँडेर बेलुका जन्मदिन मनाउने तयारीमा रहेका उनी अब कहिल्यै जन्मदिन मनाउन पाउदैनन् । घुमेर फर्र्किएला भन्ने आशमा रहेको रोहितको परिवारले उनको जन्मदिनको उत्सव नभएर शोक मनाउन पर्ने खबर पाए । अर्थात उनको मृत्युको खबर आयो । साथीसँग धनकुटाको मूलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती पुलको दक्षिणतर्फ चौधरीमाथि तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । हत्यामा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
घटना : ३
सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा युवतीहरूबीच ‘ग्याङ फाइट’ भयो । २९ गते शुक्रवार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलको सप्तकोशी नदी किनारमा युवतीहरूले ’ग्याङफाइट’ गरेका थिए । उनीहरूले मादक पदार्थ सेवन गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार पिकनिक खान गएका उनीहरूबीच विवाद हुँदा एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो । उनीहरु ८ जना नै छिमेकी रहेको र मिलेर पिकनिक खान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेको समाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ । कुटपिटमा संलग्न पाँचैजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उल्लेखित प्रतिनिधिमुलक घटनाले पछिल्लो समय अपराधका श्रंखला बढ्दै गएको देखिन्छ । यसले सुरक्षा चुनौती थपिएको देखिएको छ । आफ्नौ साथीभाईबीच हुने झगडादेखि, सन्कीका भरमा प्रहार हुने मुक्का मात्रै नभई केटि साथीसँग घुम्न जाँदा चलेको गोलिसम्मका घटना निक्कै चुनौतीपूर्ण मानिएको छ।

प्रहरी के भन्छ ?
यस्ता खालका विविध घटना नियन्त्रणका लागि विभिन्न कार्ययोजना बनाएर प्रहरी परिचालन गर्ने र न्यूनीकरणका लागि निगरानी बढाइएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेश बास्तोला बताउँछन ।
‘प्रहरी परिचालन, चेकजाँच, शंकास्पद व्यक्तिहरुको चेकजाँज निगरानी लगायतका अपराध नियन्त्रण गर्नका लागिग अपनाउने सबै विषयहरुमा कोशी प्रदेश प्रहरीले कार्यायोजना बनाएर बढेको दावी छ । घटना न्यूनीकरण र कतिपय घटना अनुसन्धानलाई व्यापाक बनाइएको उनको भनाई छ ।

सकेसम्म घटना हुन नदिने भइहाले पनि ती घटनाहरुको सन्दर्भमा सुक्ष्म अनुसन्धान गरेर त्यसलाई टुंगोमा पुर्याउने कुरामा नेपाल प्रहरी सक्षम रहेको उनले दाबी गरे । कोशी किनारमा महिलाद्धारा महिलालाई कुटपिट गरिएको विषय, विराटनगरमा सवारी साधनमा आएका व्यक्तिले साइकल यात्रीलाई उत्रिएर कुटपिट गरेर घटना घटिसकेपछि त्यो घटनाको सन्दर्भमा प्रहरी परिचालन गरेर सम्बन्धित घटना घटाउनेलाई नियन्त्रण लिएर कानुनी कार्वाही भइरहेको उनले जानकारी दिए । धरानको सेउती पुलमा गोली हानेको घटनामा भने व्यापकरुपमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको डिआइजी बास्तोललो बताए । उनले भने,‘ त्यो घटनाको चाँडै सकारत्मक नतिजा प्राप्त गर्छौ, यहाँरुलाई विश्वस्त दिलाउँछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्