विराटनगरको अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

<span class='c1'>विराटनगरको अरनिको कलेजमा भर्ना</span> <span class='c2'>भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण</span>

विराटनगर । विराटनगर १० मा रहेको अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ । कलेजले मंगलबार विहान एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो ।


विज्ञान संकायमा ९२० र होटेल मनेजमेन्ट र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम र कसरी अध्ययन गर्दा अब्बल नतिजा ल्याउन सकिन्छ त्यस विषयमा विद्यार्थीलाई अभिमुखिकरण गराएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । सोही अवसरमा कलेजले लिएको आन्तरीक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ ।


कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उत्प्रेरक डा. तारा गिरीले सहभागी विद्यार्थीहरुलाई विद्यार्थी जिवनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा मोटिभेसन गराएका थिए ।
त्यसैगरी कार्यक्रममा विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनीको कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, कजेजका कार्यक्रम संयोजक विकाश खनाल र निर्देशक भरत दाहाल लगायतको शुभकामना दिएका थिए ।

मोसफलको भएपनि पूर्वी नेपालको अब्बल कलेजको रुपमा अरनीको कलेज स्थापित हुन सफल भएको छ । कलेजले नतिजा पनि उत्कृष्ट पस्कदैं आएको छ । वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको कलेजले आफ्नो बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको छ । कलेजमा विज्ञान र व्यवस्थापन र होटेल मनेजमेन्टको पढाइ हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्