मेयर हर्क साम्पाङलाई कारबाहीको माग राख्दै मोरङका सिडिओलाई ज्ञापनपत्र

<span class='c1'>मेयर हर्क साम्पाङलाई कारबाहीको माग</span> <span class='c2'>राख्दै मोरङका सिडिओलाई ज्ञापनपत्र</span>

प्रेम देवान

विराटनगर । धरान उप महानगरपालीकाका मेयर हर्क साम्पाङ विरुद्ध वैदिक सनातन धार्मिक समुहले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाएका छन् ।

धरान–२ मा रहेको प्राचीन सिंहदेवी मन्दिरको १०० मिटर माथि पर्ने गरी चर्च निर्माण गरेको भन्दै वैदिक सनातन धार्मिक समुहद्धारा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई मंगलबार ज्ञापन पत्र बुझाएका हुन् । पौराणिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको धार्मिक सहिष्णुतामा खलल पुग्ने गरी श्रीबालगोपाल मन्दिर र शिवशक्ति कल्याणी केन्द्रको ३० फिट अगाडी धरानका मेयर हर्क साम्पाङको पहलमा चर्च निर्माण गरेको आरोप उनीहरुले लगाएका छन् ।

धरान उ.म.न.पा. मा भवन निर्माण सम्बन्धि पूर्व स्वीकृती लिने, नक्सा पास गर्ने आदि प्रावधानहरुको पालना नगरी भवन निर्माण गर्ने क्रममा स्थानीयवासीहरुले निर्माण कम्पनीलाई सोध्दा कसैले गोदाम, कसैले पार्टीप्यालेस र कसैले होटल निर्माण गरेको भनी फरक–फरक जानकारी दिएपछि विरोध जनाएका छन् ।
धरान नगर प्रमुख स्वयं नै चर्चको संरक्षण गर्दै र हिन्दु बिरोधी फेसबुक स्टाटसहरु पोस्ट गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने कार्य गरेको भन्दै तत्काल माफी माग्न समेत उनीहरुले माग राखेका छन् ।

मन्दिर नजिकै रहेको विवादित सो चर्चलाई तुरुन्त स्थानान्तरण गर्न एवं भविष्यमा यस प्रकारको विवादहरु नउल्जाउन भन्दै सिडिओ मार्फत प्रधानमान्त्री कार्यलय, सुनसरी सिडिओ कार्यलय र धरानका मेयरलाई बोर्धाथ बनाई ज्ञापनपत्र बुझाएका हुन् ।
नगरप्रमुख जस्तो जिम्मेवार व्यक्तिले आफ्नो क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नको साटो जातीय तथा धार्मिक सद्भाव भडकाउने जस्ता अनर्गल अभिव्यक्तिहरु दिईरहेकोले धरान नगरप्रमुखलाई प्रचलित कानून बमोजिम कारवाहीका लागि जोडदार माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्