विराटनगरमा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा ‘छात्राहरुसँग उपमेयर’</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

विराटनगर ।  जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैं साथमा रहनेछ ।”


छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह गर्नुभयो । सामाजिक सञ्जालमार्फत साथी बनेर अनैनिक कार्य गरेको पनि पाइने गरेको उहाँको भनाइ थियो । उहाँले यसअघि पनि विद्यार्थीसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

विद्यालयमै पुगेर सञ्चालन गरिएको विद्यार्थीसित उपमेयर कार्कीको निकै प्रभावकारी भएको उहाँको भनाइ थियो । उद्घाटन समारोहपछि उपमेयर कार्कीले अन्य कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरुसित मात्रै हलभित्र अन्तरक्रिया गर्नुभएको थियो । उपमेयर कार्कीले छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाउनुभयो ।

“त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,” उहाँले भन्नुभयो, “तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।” कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईं, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्