बुढीगंगामा पोखरीमा डुबेर बालकको मृत्यु

<span class='c1'>बुढीगंगामा पोखरीमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ रमाइलो टोल स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो साढे २ बजे कृष्ण मगरको छोरा ३ बर्षीय कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबि पानीमा तैरि रहेको अवस्थामा स्थानीय १२ बर्षीय सबिन तामाङले फेला पारी पोखरीबाट निकाली निजको आमा रमिता मगरलाई जानकारी गराइ उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोक पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्