झापा र मोरङबाट लागुऔषध ब्राउन सगुर सहित ३ जना पक्राउ

<span class='c1'>झापा र मोरङबाट लागुऔषध ब्राउन</span> <span class='c2'>सगुर सहित ३ जना पक्राउ</span>

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साझ साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-६ स्थितमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री इलाम चुलाचुली गाउँपालिका- ४ का २७ बर्षीय धिरज हिमाङ्लाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३५ ग्राम ब्राउन सुगर फेला परि नियन्त्रणमा लिएको हो।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका- १६ दरैयास्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका-१५ का ३६ बर्षीय पुर्ण तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला पारेसगै पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ गरेको उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्