विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषधसहित एक</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ९ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. ४ प. ६५४२ नम्बरको मोटरसाईकलमा सवार सुनसरीको धरान उप-महानगरपालिका-१८ का दिवस लिम्बूलाई पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लिम्बूले मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिबन-५ सय ७६ ट्याबलेट, नाईट्रोसन-१ सय ट्याबलेट र डाईलेक्स डिसी-२ बोतल लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्