विराटनगरको कान्तिपुर कलेजमा अभिमुखिकरण

विराटनगरको कान्तिपुर कलेजमा अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर-१० मा रहेको कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी कान्तिपुर कलेजमा पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा परेको कान्तिपुर कलेजको कक्षा ११ मा भर्ना भएका झण्डै एक हजार विद्यार्थीलाई अभिमुखिकरण गराएको छ ।

विराटनगरस्थित एक होटलमा बुधबार भव्य कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका ९ औं व्याजका ९९० जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । भर्ना भएका मध्ये विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ५२० र होटल व्यवस्थापनमा १२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल नेपालले बताए ।

अभिमुखिकरणमा विद्यार्थीहरुलाई कलेजको नियम, कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यस विषयमा पनि जानकारी गराएको उनले बताए ।

सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गायक तुलसी घिमिरले गीत प्रस्तुत गरी रमाईलो गरे । कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्य इकाइ मोरङका प्रमुख टंक प्रकाश गौतमको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै उनले प्रविधिको विकास सँगै रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा कलेजका अध्यक्ष खुसीराज श्रेष्ठ, निर्देशकहरु शंकर काफ्ले, विष्णु दाहाल, प्राडा तेज नारयण मण्डल, इन्जिनियर जयनाथ यादवलगायतको उपस्थीति रहेको थियो । स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरी कान्तिपुरले विद्यार्थीहरूको मन जित्न सफल भएको छ ।

विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ०७२ देखि छैठौं व्याजसम्ममा पाँच हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरेपछि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका छन् ।

यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिए ।

विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्