उपभोग्य वस्तुमा लेवल लगाउने निर्णय विरुद्ध विराटनगरका व्यापारी

उपभोग्य वस्तुमा लेवल लगाउने निर्णय विरुद्ध विराटनगरका व्यापारी

विराटनगर । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपने भन्सार विभागको निर्णयप्रति विराटनगरका व्यापारी असन्तुष्ट देखिएका छन् ।

भन्सार विभागले गत जेठ १५ गतेको बजेट वक्तव्य अनुसार आयातित मालवस्तुको प्याकिङमा अनिवार्य रूपमा लेबल टाँस्नुपर्ने भनेको थियो । लेबल नलगाएका सामान राज्यका निकायले जफत गर्ने भनेको थियो । त्यसका विरुद्ध विराटनगरका व्यापारीहरुको संस्था मोरङ व्यापार संघसहित सीमा क्षेत्र नजिकका शहरमा अवस्थित चारवटा उद्योग वाणिज्य संघले संयुक्त रुपमा विरोध जनाएका हुन् । संघका अध्यक्ष नविन रिजालले बिहीबार पत्रकार सम्मेलनमा बीरगञ्ज, सिदद्धार्थ, नेपालगञ्ज उद्योग वाणिज्य संघले लेवलिङको विरोध गरेको जानकारी दिएका छन् ।

रिजालले लेवल लगाउने कुरा सबै आईटममा संभव नभएको बताए । उनले भने कपडामा हुनसक्छ तर एउटै बोरा भित्र २०० प्रकारका सामान अट्ने वस्तुमा के गर्ने ? उनलृ भने यस्तो सामान आयात हुँदा बोरामा मात्रै लेवल लगाउने विषय सम्भव छ तर प्रत्येक सामानमा सम्भव छैन ।
आम उपभोक्तालाई प्रत्यक्ष रूपमा विक्रीवितरण हुने सबै प्रकारका मालवस्तुमा भने लेबल अनिवार्य रूपमा लगाउनुपर्ने बताइएको छ । यस्तो मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक एकाइमा लेबल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ हुने सानो एकाइमा लगाउनु पर्ने खुलाइएको छ । तर, संघले भने कुनै कार्यविधी नबनाईकन, अलमलकाबीच लेवलिङ्गको लगाउनु पर्ने अनिवार्यतालाई स्वीकार्न नसक्ने बताएको छ ।

विभागको सूचनामा एउटै आयातकर्ताका बजार वितरकहरू धेरै हुनसक्ने हुँदा बजार वितरकको लेबल सम्बन्धित बजारवितरकले लगाउन सक्ने भनिएको छ। विभागले आयातकर्ता र वितरकले यस्तो लेबलको दुरूपयोग हुन नदिन लेबल लगाएर बजारमा पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्न भनेको छ।

सरकारको यो नियमलाई कतिपय उद्योगीले भने कालोबजारी हुनबाट जोगाउने बताएका छन् । ‘जेमा पनि विरोध गर्ने प्रवृत्तिले सकारात्मक परिणाम ल्याउँदैन’ ती उद्योगीले भने–कसैको काम नै त्यस्तै हुन्छ, । सीमा क्षेत्रबाट हुने तस्करी रोक्न माग गर्नेहरु वस्तु लिगल की इलिगल आयात भएको हो भन्ने यकिन गर्ने निर्णयलाई अस्वीकार गर्दैछन् । सरकारले यस्ता उपभोग्य मालवस्तुको प्याकिङमा लेबलको अनिवार्य गरेपछि बजारमा अवैध बाटोबाट आएका मावलस्तुहरू नियमनकारी निकायले सजिलै जफत गर्नसक्ने हुन्छ, ती उद्योगी भने–नियत गलत राखेर कारोबार गरिरहेकाहरुले विरोध गर्नेहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्