विराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक संचालनमा

विराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक संचालनमा

विराटनगर । बुढीगंगा २ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ।

शिक्षण अस्पतालभित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो ।

संचालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लडबाट ४ जनासम्म बिरामीले जिवनदान पाउने बिराट नर्सिङ्ग होम प्रा.लि.तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्कीले जानकारी दिए ।

विरामीलाई ब्लड प्रयोग गर्नुको सट्टा चाहिएको बल्ड फायक्टर प्रयोग गर्नु पर्ने बताए । ‘निजी क्षेत्रबाट संचालनमा ल्याएको यो पहिलो ब्लड बैंक हो,’ उनले भने, ‘विरामीको सहजताको लागि हामीले शिक्षण अस्पताल भित्र ब्लड बैंक स्थापना गरिएको हो ।’

अस्पतालमा भर्ना भएका विरामीलाई रगत आवश्यक परे झण्डै हस्पिटलबाट ८ किलोमिटर टाढामा रहेको देवकोटा चोकको रेडक्रसमा जानुपर्ने अवस्था रहेको थियो । विराटमा ब्लड बैंक स्थापना भएपछि विरामीको उपचारमा सहज हुने हस्पिटलले जनाएको छ ।

‘अहिलेको लेटेस उपकरणहरु ल्याएर ब्लड बैंकमा राखिएको छ । यहाँ लामोसमयसम्म रगत सुरक्षित राख्न सकिन्छ । ठूला–ठुला माइन्स ८ डग्रीसम्मको फ्रिज रहेको छ,’ उनले भने, ‘दश वर्षसम्म ब्लड सेल्स राख्नसक्ने क्षमता रहेको छ ।’ विराटमा राखेको रगत खेर नजाउने उनले बताए । ‘ ब्लड बैंकको पनि स्टार हुने गर्दछ । अहिले ७ स्टारसम्म रहेको छ, उनले भने, ‘विराटमा रहेको पाँच स्टारको हो ।’

विराटको रक्तदानसँगै जनचेतना कार्यक्रम

विराट मेडिकल कलेज र विराट नर्सिङ्ग होमले जनचेतना मुलक कार्यक्रमसँगै रक्तदान कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । कसैको रगतले अस्पतालको शैय्यामा रहेको विरामी बचाउन सकिने भएको कारणले जनचेतनासँगै रक्तदान कार्यक्रमहरु सामाजिक संघसंस्थासँग सहकार्य गरी आयोजना गर्दै आएको छ ।

बुधबार लायन्स कल्ब विराटनगर शुभम र बिराट नर्सिङ्ग होम प्रा.लि.को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराट नर्सिङ्ग होममा भएको रक्तदान कार्यक्रम ४५ जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्