विराटनगरमा एघार विद्यालयलाई लिखित स्पष्टीकरण : पाँच सम्पर्कमा, बाँकीको छैन टुङ्गो

विराटनगरमा एघार विद्यालयलाई लिखित स्पष्टीकरण : पाँच सम्पर्कमा, बाँकीको छैन टुङ्गो

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा संस्थागत विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित स्पष्टीकरण सोधेको छ । विवरण पेस गर्न अन्तिम पटक मौका दिदैं तीन दिन अगाडी लिखित स्पष्टीकरण सोधिएको थियो ।

शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा २ बमोजिम कारबाही गर्ने योजना अनुरुप स्पष्टीकरण सोधिएपछि पाँच विद्यालय सम्पर्कमा आएको शिक्षा अधिकृत रोशन खड्काले जानकारी दिएका छन् । सम्पर्कमा आएकामध्ये तीनवटाले विवरण समेत पेस गरेका छन् । बाँकी छ विद्यालय सम्पर्कमा आएका छैनन् । सम्पर्कमा नआएकामध्ये कतिपय भने बन्द भईसकेको खुलेको छ ।

महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण पेस गर्न अन्तिम पटक गत सोमबारसम्मको म्याद दिएको थियो । उक्त म्यादमा पनि विवरण पेस नगर्ने विभिन्न ११ वटा संस्थागत विद्यालयलाई कारवाही गर्ने योजना राखेर स्पष्टीकरण सोधेको थियो ।

महानगरले वडा नं १८ को विराट मोर्डन, ६ को मेरिगोल्ड सेकेन्डरी, ४ को उदयनन्द मेमोरियल, १८ को डिजेझिएस बोर्डिङ, ८ को एमिटी इन्टरनेसनल, ६ को एकता ब्राइट फ्युचर, ८ को पाथीभरा, ११ को शिव विद्यामन्दिर, ६ को सनराई नेसनल र ८ को बालवाटीका इंग्लिस बोर्डिङ स्कुललाई पत्राचार गरेको थियो ।

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली ९आईईएमआईएस० अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको संख्या ८९ रहेको छ । त्यस्तै ९आईईएमआईएस० मा दर्ता नभएका विद्यालयसहित महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

महानगरपालिकाले विवरण पेस गरेका विद्यालयहरुको अनुगमन समेत गर्नेछ । यसपछि उनीहरुले बुझाएको विवरणका आधारमा विद्यार्थी र उनका अभिभावकसँग बुझेर कार्यन्वयन गराउने तहमा अगाडी बढ्ने लक्ष्य राखिएको शैक्षिक प्रशासन महाशाखा शिक्षा अधिकृत खड्काले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्