सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतको फैसालासँगै मुख्यमन्त्री थापा पदमुक्त भएका हुन् ।
सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री पद बदर गरेसँगै कोशी प्रदेशमा अब नयाँ सरकारको गठन प्रक्रिया सुरु हुने भएको छ। गठबन्धन दलभित्र रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा नेपालसहित सभामुख बाबुराम गौतमको हस्तारक्षरमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले पुनः संविधानको धारा १६८(२) बमोजिम सरकार गठन गर्न परमादेश दिएको छ ।
धारा १६८(२) अर्थात् अब पुनः कोशी प्रदेशमा सदनमा बहुमत भएको दुई वा दुई भन्दा बढी दलहरू बहुमत जुटाएर सरकार बनाउन आव्हान गर्नु पर्ने हुन्छ । यसको लागि सर्वोच्चले साउन १७ सम्मको समय दिएको छ । तर, एकहप्ताको अवधिमा नयाँ सरकार गठनका लागि सम्भव भने देखिदैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ आवश्यकता पर्छ । जुन गठबन्धन दलभित्र बहुमत पुग्ने अवस्था कमजोर देखिन्छ । सभामुख सहित हस्ताक्षर गराएर ४७ सङ्ख्या पु¥याउदा सर्वोच्चले नियुक्ति बदर गरेपछि गठबन्धन भित्र बहुमत पुग्ने अवस्था छैन ।
सभामुखलाई राजीनामा गराउने दाउ
यता, सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने विकल्पमा समेत गठबन्धनमा भने छलफल हुन सक्ने देखिन्छ । सभामुख गौतमलाई राजीनामा गराएर माओवादी सांसदको रूपमा ल्याउने र पुनः एक पटक मुख्यमन्त्रीमा दाबी गर्ने दाउमा गठबन्धन देखिन्छ । तर, सभामुख राजीनामा गराएपछि एमालेले समेत आफ्नो उपसभामुखलाई राजीनामा गराउने स्थिति छ । सभामुखले राजीनामा गरे एमालेले पनि आफ्नो तर्फबाट उपसभामुख रहेकी सृजना दनुवारलाई राजीनामा दिन लगाएर काङ्ग्रेसबाट निर्वाचित जेठ सदस्यलाई प्रदेशसभा संचालन गर्ने बाध्यात्मक परिस्थिति बनाउने तयारी गराउने रणनीतिमा छ ।
गठबन्धन भित्र तत्काल ४६ सांसद हुँदा विपक्षी क्याम्पमा समेत ४६ सांसदहरुनै छन् । एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद गठबन्धन विरुद्ध रहेका छन् । त्यसैले एमाले नेतृत्वमा समेत तत्काल बहुमतको सरकार बन्न सक्ने स्थिति छैन ।
यसै पनि एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी नगर्न जनाएको छ । राप्रपासँग एमालेको समीकरण जारी रहेको र तत्काल बहुमत गठबन्धनसँग पनि नभएकाले ठुलो दलको हैसियतमा एक सातापछि पुनः हिक्मत कार्की मुख्यमन्त्री बन्नेमा एमाले ढुक्क छन् ।
राप्रपा भित्र्याउने गठबन्धनको दाउ
काँग्रेस नेता उद्धव थापा सँग राप्रपा नेताको व्यक्तिगत इगोको कारण साथ नदिएको भन्दै माओवादीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बन्नु पर्ने माग राख्दै आएको थियो ।
यता, माओवादीको नेतृत्वमा हुने सरकारमा समेत राप्रपाले समर्थन जनाउने सम्भावना कम देखिन्छ । प्रचण्ड नेतृत्वको केन्द्रबाट निस्किएको राप्रपा कोशीको मुख्यमन्त्रीमा माओवादीलाई समर्थन गर्ने सम्भावना कमजोर देखिन्छ । तर, राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौला भने सबै दलहरूसँग संवादको वातावरण खुला रहेको बताउँछन् । नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुरमा राईले निर्धारित समयमा गठबन्धनले संख्या पु¥याएर संविधानको मर्म र भावना अनुसार सजिलो विकल्प प्रस्तुत गरेर गठबन्धन दलबाटै मुख्यमन्त्री हुने दाबी गरे । या सम्भव छ त ? भन्ने प्रश्नमा उनले अहिलेको अदालतको आदेशलाई मध्य नजर गरेर सजिलो तरिकाले सभामुखले राजिनामा दिएर ४७ पु¥याउने या राप्रपासहितको समर्थन जुटाएर आवश्यक संख्या पु¥याउने बताए । यता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धने बैठक बस्ने र कसरी अगाडी बढ्ने भन्ने निर्णय गरेर निष्कर्षमा पुग्ने बताए ।
सर्वोच्चको आदेशलाई स्वीकार गर्छु
यता पदमुक्त भएपछि मुख्यमन्त्री थापाले सर्वाेच्चको अन्तिम आदेशलाई स्वीकार गर्ने बताएका छन् । ‘उनले सर्वाेच्च अदालतको आदेशलाई मैले मान्नु पर्ने र जे सर्वाेच्चले आदेश दिएको छ, त्यो आफ्ना लागि स्वीकार्य रहेको बताए । उनले भने,‘मेरो त्यसमा कुनै विमती छैन । यो आदेशलाई स्वीकार गरेर, मानेर हिड्नुको विकल्प पनि छैन,’अदालतले पुन प्रक्रियामा जानु पने भनेको बताउदै उनले अब पून प्रक्रियामा जाने र गठबन्धनको निर्णय अनुसार कोशी प्रदेश कांग्रेसकै भागमा परेकाले गठबन्धनबाट कांग्रेसले नै दाबी गर्ने जिकिर गरे ।
उनले सभामुखको कदमको विषयमा सर्वाेच्चले ब्याख्या गरेका कारण आफूले थप नबोल्ने बताए ।