विराटनगर । कोशी प्रदेश राजधानी विराटनगरमा हालसम्म ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको अनुसार हालसम्म ३ वटा विराटनगरका वडाबाट ५ जनामा संक्रमण देखिएको छ।
महानगरको वडा नम्बर १ मा २ जना, वडा नम्बर ४ मा २ जना र वडा नम्बर ७ मा १ जनामा संक्रमण पुष्टि भएको छ। हानगरपालिकाले डेंगु संक्रमण फैलिन नदिन विभिन्न सचेतनात्मक काम गर्दै आएको छ ।
कोशी प्रदेशको धरान उपमहानगरपालिकामा हालसम्म डेंगुका कारण सात जनाको मृत्यु भएको छ।