विराटनगरका हटियामा मुङ्ग्री माछा नष्ट अभियान

<span class='c1'>विराटनगरका हटियामा मुङ्ग्री</span> <span class='c2'>माछा नष्ट अभियान</span>

विराटनगर । भारत लगायत देशले प्रतिबन्ध लगाएको खानअयोग्य मुङ्ग्री माछा नेपाली बजारमा यत्रतत्र पाउने गरिएपछि मोरङमा स्थानीय प्रशासनले नष्ट गर्न टोलि परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका विभिन्न स्थानमा लाग्ने हटिया लगायतका बजारमा साना व्यापारीमार्फत बिक्री वितरण भई उपभोक्ताको भान्सासम्म पुग्दै आएको मुङ्ग्री माछा नष्ट गर्ने अभियान सुरुवात गरेको हो ।

जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ, मत्स्य पालन कृषक संघ, जिल्ला प्रहरी कार्यालय समेतको संयुक्त अनुगमन टोलिले माछा नष्ट गर्ने काम सुरु गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बजारमा हानिकारक माछा बिक्रीवितरणमा रोक लगाउन कडा अनुगमन गरेर नष्ट गर्ने निर्देशन दिनु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका अधिकृत रुद्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि विराटनगरमा लाग्ने विभिन्न स्थानमा लाग्ने हटियाको अनुगमन गरेर माछा नष्ट गर्ने काम सुरु गरिएको हो । टोलिले विभिन्न स्थानको हटिया अनुगमन गर्दै आएको छ । मत्स्य पालन कृषक संघका अध्यक्ष बिष्णुप्रसाद आचार्यका अनुसार थाइ हाइब्रिड मुङ्ग्री माछा भारत सरकारले बिक्री प्रतिबन्ध लगाएपछि सुनसरीको भीमनगर नाका हुँदै नेपालका विभिन्न बजारसम्म भित्रने गरेको दावी गर्नुभयो । मुङंग्री माछा खाँदा क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरू लाग्ने भन्दै यो अन्य देशहरुमा प्रतिबन्ध छ ।

भारतमा यो माछा प्रतिबन्ध लागेपनि उद्योगबाट फोहोर जम्मा हुने पोखरी वा छाला तथा अन्य कुनै दुर्धन्धित प्रशोधित वस्तु भण्डारण हुने स्थानमा पाल्ने गरिएको छ । यो अधिक मांसाहारी माछा भएका कारण सिनो र बोसो जस्ता वस्तु खाने र छिटो हुर्कने गरेको छ । तर, अधिक दुर्धन्धित फोहोरमा हुर्कने भएकोले भारतमा यसलाई छुन समेत अयोग्य मानिएको हुन्छ । त्यहाँका व्यापारीले यसलाई नेपालका बजारसम्म ल्याउने गरिएको छ ।

नेपालमा समेत मुङ्ग्री माछा पालिदैं आएको छ । माछा हुर्काउन फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो दिने गरिएकोले यो फोहोर र खानअयोग्य हुने गरेको अध्यक्ष आचार्यको भनाई छ । यो माछा प्रयोगको विषय अहिले कानुनी रुपमा समेत मान्यतामा नरहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका अधिकृत रुद्रप्रसाद फुयाँल बताउनुहुन्छ ।
भारतमा प्रतिबन्ध लगाइएको माछा नेपालमा खुलेआम बिक्री हुने गरेको पाइएपछि यसलाई पूर्णत प्रतिबन्ध लगाउन स्थानीय प्रशासनले अनुगमन टोलि खटाएको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपाली बजारबाट पूर्ण रुपमा विस्तापित गराउनुपर्ने अध्यक्ष आचार्यको भनाई छ ।

आयातमै प्रतिबन्ध लागेको मुङ्ग्रीको जिउँदो माछा बंगाल र बिहारबाट कोशी ब्यारेज (सुनसरीको भन्टाबारी) बाट नेपाल भित्रने गरेको छ । यसरी भित्रिएको माछा नेपाली किसानको उत्पादन भनेर बिक्री वितरण हुँदै आएको मत्स्य पालन कृषक संघका आचार्यको दावी छ ।
मोरङमा डुमरिया, मझारे, बखरी, मटेरवा, बुधनगर, पोखरिया, गडरिया नाकाबाट समेत यो माछा भित्रने गरेको दावी छ । भित्र्याउँनै नपाउने माछा नेपाली बजारमा देखिने गरिएको भन्दै चौतर्फी चासो राखेर यसको निणन्त्रणमा लाग्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्