कोशीमा सरकार गठन आह्वान : गल्ती भएको बिन्दुमा प्रदेश प्रमुख, कामचलाउ मुख्यमन्त्री बारे मौन

कोशीमा सरकार गठन आह्वान : गल्ती भएको बिन्दुमा प्रदेश प्रमुख, कामचलाउ मुख्यमन्त्री बारे मौन

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सरकार गठनको आह्वान गरेका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि प्रदेश प्रमुख खापुङले १६ गतेसम्मको समय दिएर सरकार गठन आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मंगलबार ५ बजेसम्म आफ्नो दाबी पेस भनिएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘मिति २०८०-३-२१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा दायर उत्प्रेषण परमादेश (०८०–डब्लुएफ–०००१) रिट निवेदनउपर मिति २०८०-४-११ को सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम “जुन विन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा मिति २०८०-४-१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू” भन्ने परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०-४-१६ गते मंगलबार अपरान्ह ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको’ छ ।

आफूले गरेको गल्तीको बिन्दु थाहा पाएका प्रदेश प्रमुख सर्वोच्चको आदेशपछि १७ गतेसम्म कसको नेतृत्वको सरकार कामचलाउ भयो भन्ने विषयमा मौन बसिदिएका छन् । काम चलाउ मुख्यमन्त्रीको विषयमा मौन रहँदा संवैधानिक उल्झन देखिएका छन् ।

यता, एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की भने काम चलाउ मुख्यमन्त्री आफू नै रहेको दाबी गरिरहका छन् । उनले अर्को सरकार नरहेसम्म आफूल कामको गाँठो फुकाउने र आवश्यकता परे नियमित कार्यालय जाने समेत बताका थिए । तर काठमाडौबाट शुक्रबार बिहान १० बजे विराटनगर आएका उनलाई मुख्यमन्त्री कार्यालयले रिसिभ गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्