अर्किड कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

अर्किड कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा पर्दै आएको विराटनगरको अर्किड कलेजमा यसैबर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ ।


कलेजले शुक्रबार विराटनगरको सिटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको हो । व्यवस्थापनमा ४ सय र विज्ञान संकायमा २५० गरी ६ सय ५० जना विद्यार्थीलाई अभिमुखिकरण गराएको थियो ।


कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका डिन बिजु थपलिया रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य अर्किड कलेजका संचालक तथा विज्ञान संकायका कोर्डिनेटर सिएम श्रेष्ठले गर्नुभएको थियो । उहाँले अर्किड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको बताउनुभयो ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरी उपस्थितहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
सोही अवसरमा कलेजले कक्षा ११ को अन्तिम परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई छात्रवृत्ती पनि दिने समेत कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिनुभयो ।


प्रथम हुनेलाई पूर्ण छात्रवृत्ती, द्धितीयलाई ७५ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ती दिने प्रिन्सीपल बास्तोलाले जानकारी बताउनुभयो ।
कलेजले खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई पनि छात्रवृत्ती दिने भएको छ । कवडीका अन्डर २० का राष्ट्रिय खेलाडीहरु साहिल शेख, सहवाज आलम र रग्बीका राष्ट्रिय अन्डर २० का खेलाडी विराज रेग्मीलाई कलेजले पूर्ण छात्रवृत्ती दिने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्