कोवास कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

कोवास कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरको कोवास कलेजमा भर्ना भएका २९ औ ब्याजका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला कलेजका प्रिन्सिपल केवलप्रसाद पोखरेल, कलेजका निर्देशक प्रिया सारडा, , सास्थम कलेजका महेश्वरप्रसाद सिंह र कलेजका पूर्व विद्यार्थी सिए एलिस अली लगायतले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका २ सय जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिएका थिए ।


अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज कोवास भएकोले हाम्रो रोजाईमा परेको कक्षा ११ मा भर्ना भएको विद्यार्थीले बताए ।

कलेजमा विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन हुने गरेको कलेजले जनाएको छ । सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्