विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठ क्यानका सल्लाहकार समेत रहेका थिए । श्रेष्ठको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।
उनले पुर्वमा क्रिकेट विकासमा ठुलो योगदान गरेका थिए । उनको काठमाडौंस्थित टिचिङ अस्पतालमा निधन भएको हो । उनी विराटनगरका निवासी हुन्।
उनका छोराहरु युनिल श्रेष्ठ र मन्जित श्रेष्ठ पनि पूर्व नेपाली क्रिक्रेटर हुन् ।
श्रेष्ठको निधनले सिंगो क्रिकेट जगतलाई ठूलो क्षति भएको छ । श्रेष्ठले आईसीसी लाइफटाइम अचिभमेन्ट अवार्ड समेत हात पारेका थिए ।