विराटनगरको भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

<span class='c1'>विराटनगरको भानु कलेजमा भर्ना</span> <span class='c2'>भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण</span>

विराटनगर । विराटनगर-९ मा रहेको भानु कलेजले एक कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बिहिबार विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३ सय ५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम तथा अध्यापनको तरिका बारेमा डा.नरेन्द्रकुमार चौधरीले जानकारी गराएका थिए ।

कार्यक्रममा कलेजका डाइरेक्टरहरु प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्र प्रसाद साह, प्रा.डा. राजु राम थापा, अतिरिक्त क्रियाकलाप को-अर्डिनेटर देवेश प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी डा. तुलसी निरौला र सविता गौतमले पनि विद्यार्थीहरुलाई शुभकामना दिइका थिए । कलेजका डाइरेक्टर नविन गौतमले विद्यार्थीहरुलाई स्वागत गर्दै उज्जवल भविष्य निर्माणको अपेक्षाका साथ भानु कलेज छान्नु भएकोमा धन्यवाद दिएका थिए ।

कलेजका को-अर्डिनेटर रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरुबाट स्वागत गरेका थिए । साथैकक्षा १२ का रोशना पौडेल र निराजन चौधरीले आफ्नो एक वर्षको अनुभव सुनाउँदैकक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका थिए । नव-आगन्तुक विद्यार्थीहरुका तर्फबाट एन्जल श्रेष्ठ र आर्यन झाले मन्तव्य राखेका थिए ।

कलेजमा नि:शुल्क कोचिङ्ग, निशुल्क अंग्रेजी ल्याङ्गवेज क्लास लगायत उद्यमशिलताको विकासको लागि 'फन फेस्टा' जस्ता कार्यक्रम समेत गर्दै आएको छ। त्यस्तै, इन्जिनीयर, डाक्टर, वैंकर, सि.ए. तथा वैज्ञानिकहरु उत्पादन गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज अगाडी बढिरहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्