झापामा भन्सार छली नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री बरामद

<span class='c1'>झापामा भन्सार छली नेपाल भित्रिएको १ करोड</span> <span class='c2'>२६ लाख रुपैयाँ बढीको सामग्री बरामद</span>

झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो।

प्रहरीका अनुसार काँकडभिट्टा भन्सार छली गरी भित्रिएको आशंकामा प्रहरीले ट्रक छानबिन गर्ने क्रममा २५ कार्टुन भाडा माँझ्ने साबुन, हुक्काको कोइला ६० कार्टुन, हुक्काको फ्लेवर ८० कार्टुन, सिसाको झ्याली झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम बरामद गरेको हो।

प्रहरीले सामग्री आयातकर्ताबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले ट्रक नियन्त्रणमा लिने क्रममा चालक भने फरार भएका छन्। प्रहरीले बरामद गरेको सामान राजश्व अनुसन्धान कार्यालय, इटहरी सुनसरीमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्