कोशी प्रदेश : नयाँ सरकार गठनका लागि छलफल जारी

<span class='c1'>कोशी प्रदेश : नयाँ सरकार</span> <span class='c2'>गठनका लागि छलफल जारी</span>

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल जारी रहेको छ ।

जसका लागि आज अर्थात आइतबार काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच छलफल भइरहेको छ । छलफलका लागि गठबन्धन दलका कोशी प्रदेश संसदीय दलका नेताहरु पनि काठमाडौं पुगेका छन् । छलफलका लागि शीर्ष नेताले उनीहरुलाई बोलाएका हुन् ।

कोशीमा बहुमत पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई फकाउनेदेखि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनेसम्मका विकल्पमा छलफल गरिरहेका छन्। यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए। तर राप्रपाले गठबन्धनमा सहभागि हुने-नहुनेबारे निणर्य दिएको छैन।

तत्कालीन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरिदिएपछि संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो।

त्यसपछि प्रदेश प्रमुखले बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्न मंगलबारसम्मको समय दिएपछि दलहरु निरन्तर छलफलमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्