दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक भिडियो सार्वजनिक भएपछि…….

<span class='c1'>दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको</span> <span class='c2'>अनैतिक भिडियो सार्वजनिक भएपछि…….</span>

विराटनगर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

मदिराको नसामा लठ्ठ रहेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो ।

भिडियोमा निरौला र महिला दुबै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ । महिला भने टिकटकमा कसैसँग लाइभ कुराकानी गरेको देखिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपकालिकाका कर्मचारीले बताए ।

क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनी विवादित बनेका छन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरेका छन् । छानबिन गरी प्रमाणित भए कारबाही गरिने समते उनले बताए ।

प्रमाण नष्ट गर्दै
क्वार्टरमै अनैतिक गतिविधि गरेको सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । निरौलाले नगरपालिका परिषरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।
घटना बाहिरिएपछि छानविन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् । विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन् ।

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिएका छन् । निरौला मेयर थापाका नातेदार पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्