विराटनगर । काठमाडौंमा तीन दलका शीर्ष नेताहरुले कोशी प्रदेशका संसदीय दलका नेताहरुसँग गरिएको छलफल सकिएको छ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा भोलीसम्म छलफल टुंगो लाग्ने माओवादी केन्दै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनले सामान्य छलफफल भएको छलफलमा राप्रपा सकारात्मक नभएपछि भोलिसम्ममा टुंगो लगाउने निष्कर्षमा पुगेको बताए ।
‘केही छलफल भएको छ, राप्रपाको सकारात्मक जवाफ आएको छैन, त्यसो हुँदा भोलिसम्ममा टुंगो गरौँ भन्ने निष्कर्षमा पुगेको छौँ । ’ उनले भने ।
मुख्यमन्त्रीमा तपाईको पनि दाबी हो भन्ने प्रश्नमा उनले आफ्नो दाबी नरहेको समेत बताए ।
उनले भने,‘मैले दाबी पेस गरेको छैन, समान्य तय भोलीसम्ममा छलफल गरौँ, जो जसको नाममा बहुमत पुग्छ उसैलाई मुख्यमन्त्री बनाउला भन्ने आधारमा पुगका छौँ, तर, निष्कर्षमा भने पुगका छैनौँ।’ कोशी प्रदेशमा यतिबेला सर्वोच्चको फैसलाले काँग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वको सरकारलाई बदर गर्र्र्र्दिए सँगै नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन् । थापा २१ असारमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो । साथै १७ गतेभित्र संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो ।
सोही अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले १६ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।
फोटो:फाइल